• समभु पण्डित

जनकपुरधाम । धनुषा जिल्लाकाे धनुषाधाम धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आज तेस्रो आइतबार मेला भओर्न श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।

माघको प्रत्येक आइतबार यहाँ मकर मेला लाग्छ । श्रद्धालु भक्तजनहरुले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ ।
त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए ।

रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनुष खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँमात्रा धनुषाधाम रहेको मन्दिरका पुजारी महन्थ भरत दासले बताए ।
धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।
धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ ।

भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् ।
धनुषाधाम नगरपालिकाकाे धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि भव्यताका साथ सम्पन्न भएको छ । मेला भर्न नेपालका ठाउँ ठाउँ बाट अाएका र स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको उल्लेख्य सङ्ख्या रहेको थियो ।
वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए ।

मेलामा धनुषाधाममा करोडाौँको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको बताएकाे थियो यश बर्ष काेराेना महामारी बिचमा त्यति बिक्री भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय