जनकपुरधाम ।धनुषामा एक जना पिडित परीवारलाई आर्थिक सहयोग गरिएको छ ।

धनुषा जिल्लाको हसपुर नगरपालिका वाडा नं.८ भतही टोलका श्रीपती दासको परीवारलाई २ वटा बख्राको बच्चा र नगद रु१००००/- (दस हाजर मात्र) सहयोग गरिएको छ । पिडित श्रीपत दासको खूट्टामा लामो समयदेखी खाउ भएको छ र आर्थिक अवस्था अति नै कमजोर न्यून भएका कारणले समयमा उपचार गराउने सकेको थिएन र पिडित दासको श्रीमती पनि अपाङ्ग छ। निकै कठिनाई ,अप्ठ्यारोमा बाचिरहेका यी परीवारको बारेमा त्याहाका स्थानीय युवाहरुद्वारा संस्थामा जानकारी गराएको थियो ।

हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादव र हेल्प मधेशी नेपालका सेवक संजीव श्रेष्ठले पिडित दासको घरमै पुगि नगद र दुईवटा बाख्राको बच्चा (पाठि) पिडितलाई हस्तान्तरण गरिएको थियो ।

यस कार्यमा सहयोग गरिदिनु भएका सम्पुर्ण सेवकगनमा हेल्प मधेशी परीवारद्वारा हार्दिक धन्यवाद दिदै अग्रिम यस्तै सहयोग अपेक्षा सहितकाे हेल्प मधेशी (परीवार) का अध्यक्षले बताए ।
हेल्प मधेशी मलेसियाको साह आलम दलान र हेल्प मधेशी नेपालको आयोजनमा आर्थिक सहयोग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय