• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर/ रौतहट । राैतहट जिल्लामा पचहत्तर प्रतिशत जनता जसपामय बनेकाे पूर्व मन्त्री एवम् विघटित सांसद अनिल झाले ठाेकुवा गर्नु भएको छ । जसपा पार्टी तर्फ जनताकाे लहर नै चलेको उनको भनाइ रहेको छ ।

चन्द्रपुर नगरपालिकाकाे सन्तपुरमा जसपाकाे विराेध सभा कार्यक्रम लाई सम्बाेधन गर्दै झाले यस्तो बताउनु भएको हाे । अन्य पार्टीको वैकल्पिक शक्तिकाे रूपमा जसपा उदय भएको बताउनु भएको थियो । नेकपा सहित अन्य पार्टिहरू सँग जनता आजित भइसकेको भन्दै जनताले अब जसपालाइ नम्बर वान पार्टि बनाउनेमा आफू विश्वस्त रहेकाे बताउनु भयाे ।
प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम विल्कुल असंवैधानिक , अलाेकतान्त्री र गैरसंवैधानिक रहेको भन्दै विराेध समेत गरेका थिए ।

दुई तिहाइ बहुमत प्राप्त गरेकाे नेकपा सरकारले व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजाने काम गरेको आराेप लगाउनु भएको थियो ।
कसैकसैले जसपा पार्टी चुनाव बाट डराएर संसद पुनर्स्थापनाकाे तर्फ लागेकाे आराेप लगाइ रहेका छन् । तर यस्ताे नभइ जसपा चुनावकाे लागि एकदम तयार रहेकाे बताउनु भयाे ।
जनता समाजवादी पार्टिलाइ देशकै पार्ट बनाउनकाे लागि आफूहरू तनमन धनले लागेको प्रष्ट पार्नु भएको थियोे । यसलाई अगाडि बढाउन सबै तर्फबाट साथ सहयोगकाे खाँचो रहेकाे तर्फ जाेड दिनु भएको थियो ।
लाेकतन्त्रमाथि खतरा आएपछि जसपा नेपाल अहिले विरोध प्रदर्शनीमा आएको झाले बताए ।
बिरोध-सभा कार्यक्रमको प्रमुख अतिथीकाे जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व मंत्री विघटित संघीय सांसद अनिल कुमार झा रहनु भएको थियोे । यस अवसरमा विशिष्ट अतिथि कार्यकारणी सदस्य हिसिला यमी, पूर्व सांसद गोविंद चौधरी, सुसीला श्रेष्ठ, कृषि राज्य मंत्री योगेन्द्र यादव, भौतिक पूर्वाधार राज्य मंत्री डिम्पल झा, प्रदेश सभा सदस्य राम किशोर यादव, बिकास समिति सभापति माननिय अबुल कलाम आजाद, प्रदेस सांसद माननिय बाबुलाल साह, युवानेता राजकुमार दास, समिश विक्रम साह,दुर्गा साह , रामाकान्त चाैरसिया , देवाही गाेनाही नगर प्रमुख धर्मेन्द्र पटेल , मेयर अजय गुप्ता , सन्तलाल चाैधरी, ईन्नु राय यादव , जिल्ला अध्यक्ष रामप्रवेश दास लगायतको वक़्ताले संबोधन गरेका थिए ।
सो कार्यक्रमको उद्घोषक जयनाथ यादवले गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता पार्टी केंद्रीय सदस्य कन्थमुनि प्रसाद जैसवालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय