• मेवालाल यादव

रौतहट । रौतहटमा सवारी चालक अनुमति पत्र लाइसेसन्स विना नै अधिकांश अटो रिक्सा तथा टेम्पु निर्वाध रुपमा सञ्चालन भइरहेको पाइएको छ ।
जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सबभन्दा सस्तो र भरपर्दो सवारीको रुपमा अटोलाई नै लिने गरिन्छ ।
जिल्लाको शहर बजारदेखी ग्रामिण भेगसम्म अटो रिक्सा तथा टेम्पुका कारण आवत जावत गर्न सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र लाइसेन्स नै छैन ।
जिल्लामा अटो रिक्सा तथा टेम्पु चलाउने लगभग ७५ प्रतिशत चालकसँग सवारी लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै रहेको देखिएको छ ।
जिल्लाका प्रमुख शहर गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएत क्षेत्रमा चल्ने अधिकांश चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा तथा टेम्पु चलाउने गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियमनमा कडाइ गरेको छ ।
विना चालक अनुमतिपत्रको अटो रिक्सा तथा टेम्पु चलाउदा सवारी दुर्घटना बढेको भन्दै लाइसेन्स विना अटो रिक्सा तथा टेम्पु चलाउन रोक लगाउनुपर्ने स्थानीयहरुले बताएका छन ।
प्रहरीले यस प्रति खासै ध्यान नदिएको स्थानीयहरुको भनाइ छ ।
अन्य सवारीसाधन भन्दा अटोको भाडा सस्तो हुने गर्दछ त्यसैले कतै जानुपर्दा यात्रुको अटो नै पहिलो रोजाई हुने गर्दछ जसका कारण जिल्लाका शहर बजार देखी गाउँसम्म अटो रिक्सा तथा टेम्पुको चाप बढेको छ ।
दिनप्रति दिन अटो रिक्सा तथा टेम्पुको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत अनिवार्य नभएको कारण अटो रिक्सा तथा टेम्पु चालकहरुको मनोमानी बढेको पाइएको हो ।
अटो रिक्सा तथा टेम्पु लाई व्यवस्थि तगर्न सके शहर बजारमा सवारी दुर्घटनामा समेत कमी आउने छ ।तर गौर देखि पिपरा बजार अगायत बेलबिछबा देखि गौर सम्म भारतीय नम्बरको टेम्पु बिना भंसारको धमाल मचाएको हुँदा पनि गौर ट्राफिकले कार्वाही समेत नगरेको स्थानीयहरुले गुनासो पोखेका छन् भने नेपाली नम्बरको टेम्पु समेतले टेम्पु मटीफाईड गरी संचालन गरी रहदा रिनुवल फेल, बिना इन्स्योरेन्स तथा ३ प्लस सिट हुँदा हुदै १० सिट बनाई क्षमता भन्दा बढी यात्रु समेत बोकी ट्राफिक अगाडिबाट आवतजावत गर्दा ट्राफिक मुहदर्शक बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय