महोत्तरी । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको उपचार लागि लगने क्रममा मृत्यु भएको छ ।

महोत्तरीको बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् ।

लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको रामजानकी अस्पतालमा उपचारका लागि लगिएपनि सोही क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय