जनकपुरधाम । जनकपुरमा एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक स्थित गौरीशंकर साहको घरमा डेरा गरी बस्ने सहिदनगर नगरपालिका २ मतौनाका संजिव यादवका छोरा १७ वर्षीय राकेश कुमार यादवको मृत्यु भएको हो।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। राकेश जनकपुरमा बसेर अध्ययन गर्दै आएका थिए।

राकेश दिउँसो मोटर जडान भएको कलमा नुहाउन गएको बेला करेन्ट लागेर सिकिस्त भएका थिए।

राकेशको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय