काठमाण्डु, १५ पुस– प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव नेपाल समूहको आकांक्षा आफू मरेर भए पनि पुरा हुन नदिने चेतावनी दिएका छन् ।

नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले आफू पक्षधर सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई त्यसै नछाड्ने उल्लेख गरे । ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्न’, ओलीले भने ।

ओलीले तागत भए चुनावमा सहभागी भएर जितेर देखाउन चुनौती दिए । उनले चुनाव हुँखैन भन्दै प्रचण्ड–नेपाललले माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाएको भन्दै उडाए । ओलीले प्रचण्ड–नेपालको अवस्था कमिलाको काल आएपछि पखेटा पलाएको जस्तै टिप्पणी गरे ।

‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ’, उनले भने, ‘यिनीहरु अहिले फुरफुर गरेर हिँडेका छन् । उनीहरुका हिसाब जनताले राखेका छन् ।’ ओलीले आफू प्रचण्डको कार्यकर्ता नभएकाले उनले पार्टीबाट निकाल्न नसक्ने तर्क गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय