• मेवालाल यादव

राैतहट । राैतहट जिल्लामा नेपाल संचारकर्मी संघ राैतहट गठन गरिएको छ । माैलापुर नगरपालिका स्थित पिकनिक पार्कमा जिल्लाभरिकाे संचारकर्मीहरूकाे भेला बाेलाइएकाे थियाे । साे भेला बाट नै नयाँ संघ गठन गरिएको हाे ।

संचारकर्मीकाे हकहितकाे लागि साे संस्था गठन गरिएको हो। आज मिति २०७७ साल पाैष १३ गते साेमबारका दिन मेडिया प्रा.लि., सञ्चालक, रेडियो एफ.एम. कर्मी, पत्र पत्रिका, टेलिभिजन,पाक्षिका, साप्ताहीक, पत्र पत्रिका आदि स्वातन्त्र पत्रकारहरूको र विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरू जम्मा भएका थिए । साे भेला बाट यस संघको अध्यक्ष राजकुमार यादवलाई नियुक्त गरिएको छ।

सञ्चारकर्मी यादवको अध्याक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा राैशन कुमार चाैधरी, उपाध्यक्षद्वय राजेश पासवान , सरिता कुमारी श्रीवास्तव , सचिवमा धिरेन्द्र साह , सह-सचिवमा रमेश कुमार यादव, काेषाध्यक्षमा विजय साह ,मेवालाल यादव, राजु श्वास्तव,ललन राउत बरइ,अखिलेश शरण पटेल,स्मिथ कुमार रजक,कबराज पटेल,राजनारायण पटेल,रामप्रवेश बैठा लगायतका संचारकर्मी रहेका छन् । संघ गठन पछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि छिट्टै दर्ता प्रक्रियामा जाने नव नियुक्त अध्यक्ष यादवले बताउनु भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय