सिरहा । सिरहा जिल्ला गोलबजार स्थित सशस्त्र प्रहरी बेश क्याम्पले संसारकै दुर्लभ मानिने अतिसंकटापन्‍न स्तनधारी वन्यजन्तु सालक सहित एक मोंटरसाईकल नियन्त्रणमा लिएको छ । जिल्लाको चुरे क्षेत्र आसपासबाट सालकको तस्करी हुन्छ भन्‍ने गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाउदै आएको थियो ।

जिल्लाको गोलबजार नगरपालिका वडा नं.२ लालपुर फतिङ्गग्रा डाँडाबाट तस्करी हुदै छ भन्‍ने सुचना पाउन साथ सुरक्षा बेश गोलबजारबाट असई रामअयोंध्या महतो र बरिष्ठ हबल्दार रामबिर मण्डल खटिएका थिए । उक्त ईलाकामा सशस्त्र प्रहरीलाई देख्ना साथ स.१०.प ३३३० नम्बरको मोटरसाईकलमा सवार व्यक्ती तिब्रगतिमा भाग्न खोजेपछि असई महतो र हबल्दार मण्डलले पिछा गर्दा तस्करीमा संलग्न व्यक्तीले मोटरसाईकल छाडी भागेका थिए । बेशका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक दिपक कोईरालाले तस्करीमा संलग्न व्यक्तीको मोटरसाईकल बरामद भएकोले सवारी धनिका आधारमा स्थानिय प्रहरी , यातायात र डिभिजन वन कार्यालय संग समन्वय गरि खोजि गरिने बताए । वन्यजन्तु सहित मोटरसाईकल आजै डिभिजन वन कार्यालय लाहानका कर्मचारीहरु लाई बुझाईएको छ ।

सालक संसारको सबै भन्दा बढी तस्करी हुने स्तनधारी जनावर हो । बिश्वमा औषत ५ मिनेटमा एक सालकको हत्या हुने गर्दछ । सालकको खपटा चिनी रोगको औषधी,फिङ्गरप्रिन्टको केमिकल र मासु चिनीयाँ परामपरागत औषधी बनाउन प्रयोग हुने र अन्तराष्ट्रिय बजारमा अत्याधिक माग हुने भएकोले यसको तस्करी बढी हुने गर्दछ । बालीनालीको पहरेदार मानिने सालकले बर्षमा ७ करोड कमिला र किरा फट्याङ्ग्रा खान सक्छ । वन्यजन्तुको अवैध व्यापार सम्बन्धी अन्तराष्ट्रिय महा-सन्धी (साईटिस)ले सालकको व्यपारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा दुर्लभ तथा संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तीलाई ५ लाख रुपैया देखी १० लाख रुपैया सम्म जरिवाना वा ५ बर्ष देखी १५ बर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय