सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध सर्लाहीमा विरोध प्रदर्शन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले बिहिवार साँझ सर्लाहीमा संसद विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको हो ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी संसद विघटनको विरुद्ध प्रदर्शन गरेको नेकपाका युवा नेता नबिराज खानले जनाएको छ ।

संसद विघटन गर्ने निर्णय खारेजको माग गर्दै पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन सर्लाही जिल्लाको विभिन्न चोक परिक्रमा गरी मेन चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई नेकपाका युवा नेता नबिराज खानले सम्बोधन गरेका थिए ।

जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि प्रधानमन्त्री ओलीले खोसेको नेकपाका सर्लाही जिल्ला युवा नेता नबिराज खानलर आरोप लगाएका छन् । दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको युवा नेता नबिराज खानले ठाडो विरोध गरेको बताए ।

ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नलिएर भोलिदेखि सर्लाही जिल्लाभर चरणबद्ध रुपमा प्रदर्शन गर्ने उनले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको नेता नबिराजको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय