महोत्तरीमा उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयासमहोत्तरी । महोत्तरीमा उपमेयरकै श्रीमानबाट १४ बर्षीया बालिकालाई दुबै हाथ, खुटा बाधेर जवर्जस्ती प्रयास गरेको आराेप लागिएको छ ।महोत्तरीको मनरा सिस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामिले आफनै छिमेकी बालिकाको बलत्कारको प्रयास गरेको आरोप लागेको छ ।बालिका ६ बजे साथीको घरबाट आफनै घर आइरहेको बेला विनोद गामिले जवरदस्ती हाथ खुटा र मुख बाँधेर आफनै घरको शौचालयमा लगेर बलत्कारको प्रयास गरेको पिडित बालिकाको परिवारजनको आरोप रहेको छ ।बुधबार साँझ करिब ६ बजे देखि आफ्नै घर मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ बाट बेपता भएकी १३ बर्षीया बालिकालाई सोही ठाउँका एकजना महिला गिना बैठा र विनोद गामीले जवर्जस्ती जबरदस्ती दुबै हाथ, खुटा र मुखमा कापडा बाँधेर शौचालयमा बन्द गरेर चिच्याउदै अवस्थामा बालिकालाई प्रहरीले उद्वार गरेको थियो ।६ बजे देखि बालिकालाई परिवारजनले खोजतलास गर्दा समेत फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयबासीले खोजतलास गर्दे जाँदा उपमेयर रमिता प्रधानको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीय र प्रहरी उपमेयरको घर पुगेका थिए । यता बालिकाको मुख बाँधेका कारण बालिका चिच्याउन नसकेपछि सानो आवाज दिइरहदा प्रहरीले शौचालयको ढोका खोलेपछि बालिकाको उद्वार भएको थियो ।यता स्थायिनबासिका अनुसार विनोद गामि त्यसलगतै भाग्न खोजेपछि प्रहरीलाई जानकारी दिएपनि प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै स्थानियहरु आज विहानै देखि जलेश्वर बर्दिवास सडक खण्डमा टायर बालेर सडक अवरुध गरेको छ ।
घटना लग्तै विनोद गामि फरार भएका छन भने उनको खोजी भइरहेको र घटनाबारे सत्य तथ्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय