• रबिन्द्र प्रजापति

रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ परेको छ ।
उखु किसानको बक्यौता रकम भुक्तानी नदिने श्रीराम सुगर मिल्स रौहतटका सञ्चालक विरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा र विनोद अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए ।’

उनीहरू दुवै जना विरूद्ध गृह मन्त्रालयको निर्देशन अनुसार पुर्जी जारी गरेका छौं,’उनले भने । उनका अनुसार दुवै जना हाल काठमाडौंमा रहेको बुझिएको छ । काठमाडौंकै प्रहरीलाई पक्राउ गरिदिन निर्देशन दिएको प्रजिअ यादवले बताए ।
यसैबिच रौतहट उखु उत्पादन संघ रौतहटका पदाधिकारी लगायत किसानहरुले श्रीराम सुगर मिल्स संचालक विरुद्ध मुद्दा दायर गरेको छ । मिल्सले रौतहटका १७ हजार किसनाहरुले दिएका उखुको भुक्तानी बाँकी रहेको ४१ करोड रुपैयाँ हाल सम्म उपलब्ध नगराउँदा बाध्य भएर उत्पादक संघ लगायत किसानहरुले मिल्सका संचालक विरुद्ध मुद्दा दायर गरेको छ ।

किसानहरुको बाँकी रहेको रकमलाई स्थानीय सरकारले पनि खासै चासो नदिदा किसानहरु अहिले आन्दोलन गर्न बाध्य भएका छन् । पुस र माघ महिनाका चिसोमा पनि बर्षेनि आन्दोलन गर्दा पनि नगदे बाली भनिएका उखुको भुक्तानी नपाउँदा किसानहरु अहिले काठमाण्डु केन्द्रीत आन्दोलन गरिरहेका छन् । मिल्स संचालकसंग पटक पटक स्थानीय सरकारले गरेको वार्ता पनि असफल हुदा स्थानीय सरकार पनि कानुन नजानेर मुकदर्शक मात्र बनेको छ । नेताहरुले विभिन्न कार्यक्रममा कृषि र कृषकको बारेमा हावादारी कुरा मात्र गरेको र मन्चको कुरा मन्चमै सीमित भएका हुनाले किसानहरुले तिनै तहको सरकारको अनुभुति गर्न नपाएको किसान अगुवाहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय