• विनोद महरा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.८ पोर्ताहा निवासी ३७ वर्षीय सुवोध महरालाई नगर युवा संजालले आर्थिक सहयोग गरेका छन् । दुवै किडनी फेल भएका सुबोधको आर्थिक अवस्था अति नै कमजोर रहेको छ ।

साढे तीन वर्षदेखि रोगले ग्रसित महराको भए भरको सम्पति किडनीको उपचारमा लगाए पनि निको हुन सकेको छैन । रोगले थला परेका महराको आर्थिक अवस्था कमजोर भएकोले थप उपचार गराउन आर्थिक सहयोगको लागि अपिल गरेका छन् । सानो सानो १ छोरा १ छोरी र पत्नी छन् । पत्नीले कमाएपछि दैनिक गुजारा चलाइरहेका छन् ।

सुनौलो गोल्डेन युवा क्लव लवटोली उपाध्यक्ष रामबाबु यादव, नव दुर्गा युवा क्लव पोर्ताहाको अध्यक्ष जिवछ पासवान र उर्मिला पासवानको अगुवाइमा सहयोग कार्यक्रम सम्पन्न भएको छ । जिवछ पासवानले गाउँमा चँदा उठाएर केही रकम दिएपछि महरा अहिले प्रादेशिक अस्पताल जनकपुरमा डाइलोशिश गराइ रहेका छन् । जिवछ पासवानले नै गणेशमान चारनाथ नगरपालिका स्तरीय नगर युवा संजालमा किडनी पिडित सुवोधलाई केही आर्थिक सहयोग गर्नु पर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई संजालले अनुमोदन गर्दै नगर युवा संजालका पदाधिकारी तथा सदस्यहरुको सहयोगमा १४ हजार १ सय ६० मात्र पिडित सुबोध महरालाई संजालका अध्यक्ष रमेशलाल यादव सहितको पदाधिकारीले सो रकम हस्तान्तरण गरेका हुन । नगर युवा संजालको यो पहिलो सामाजिक सेवाका कार्य हुन । संजालले पिडित महरालाई केही आर्थिक सहयोग गरि संजालका कार्यक्रमलाई अगाडी बढाएका छन् । नगरका राजनीतिककर्मी, नागरिक सामाज, बुद्धिजिवि, व्यापारी तथा नगरपालिकाको कार्यालयलाई थप उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन नगर युवा संजाल आग्रह गर्दछ । गरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
नगर युवा संजालका विभिन्न उपसमितिहरु नगरमा क्रियाशिल रहेको छ । संजालका अध्यक्ष रमेशलाल यादव र खेलकुद उपसमितिका संयोजक भुपाल राणमगरका पहलमा आज गणेशमान चारनाथ नगरपालिकाले २५ जना खेलाडीहरुलाई खेलकुद पोसाक दिने भएको छ । संजालको पहलमा युवाहरुको लागि खेलकुद तथा अन्य सामाजिक क्रियाकलाप तिव्रगतिमा बढिरहेको संजालका बरिष्ठ उपाध्यक्ष अशोक अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय