सिरहा । सिरहाको मारुती सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगको लागि सिन्धुलीको काकुर खोलाबाट उदयपुर हुदै ल्याउने गरेको ओभरलोडेड टिपर आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको हो ।

जिल्ला ट्राफिक कार्यालय सिरहाले भार क्षमताभन्दा अत्यधिक चुनढुङ्गा लोड लिएर हिडेका ५० टिपरलाई कारवाहीका लागि नियन्त्रणमा लिएको छ ।

भार बोक्ने क्षमता भन्दा दोव्वर चुनढुङ्गा बोकेका टिपरहरूलाई आवश्यक कारवाहीको लागि यातायात कार्यालय पठाउन रोकेर राखेको ट्राफिक प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राम कुमार ढकालले जानकारी दिए ।

उनले भने, ‘ढुङ्गा जस्तो बस्तु लोडगर्दा आधा वा एक टनसम्म तलमाथि हुन सक्छ । तर क्षमताभन्दा धेरै बोकेको गुनासो आएपछि चेकजाँचका क्रममा टिपरहरूलाई नियन्त्रणमा लिएको छ ।’ क्षमताभन्दा दोव्वरसम्म बढी लोड गरेको पाइएपछि टिपरहरूलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको उनको भनाई छ । उनले क्षमताभन्दा एक आध टन धेरै भएको बेला ट्राफिक प्रहरीले नै जरिवाना काट्न सक्ने भएपनि धेरै भएकाहरूलाई यातायात कार्यालयले नै जरिवाना गर्ने बताएका छन् । जिल्ला ट्राफिकले नियन्त्रणमा लिएका टिपरहरू मिर्चैया र गोलबजारमा राखिएको छ । सिरहाका एक ट्राफिक प्रहरीका अनुसार १३ टन बोक्ने अनुमति पाएका टिपरले २८ टनसम्म चुनढुङ्गा बेकेको पाइएको छ । हिउँदका बेला सिमेन्ट उद्योगहरूले चुनढुङ्गा ओसार्ने गर्दछन्। वजनका हिसावले ओसारको भाडा पाइने भएकाल टिपर व्यवसायीहरूले क्षमताभन्दा बढी ओसार्छन् ।

सोमबारदेखि नै ट्राफिकहरूले ट्रिपर रोक्न थालेपनि व्यवसायीहरू ट्राफिकलाई नजराना दिन छोडेकाले दुःख दिएको आरोप लगाउँदै आएका छन् । एक ट्रिपर चालक समेत रहेका व्यवसायीले प्रहरी र ट्राफिकलाई पैसा दिंदासम्म जति लोड गरे पनि हुन्छ, पैसा दिन छाडेपछि दुःख दिन थालेको उनले बताए । अत्यधिक भार बोकेर हिड्दा मिर्चैया कटारी सडकको अवस्था जीर्ण बनेको छ । साँघुरो बाटोका कारण टिपर हिडँदा अरु गाडी हिड्नै सक्दैन । ओभरलोडले सडक जीर्ण भएपछि अन्य सवारी चलाउनै नसकिने अवस्था भएको मिर्चैया ७ फूलबरीयाका हरिकिसन यादवले गुनासो गरे। भने, ‘कुनै काम विशेषले साना गाडी वा मोटरसाइकलमा कटारी जानु प¥यो भने जीर्ण सडकका कारण कहाँ के हुन्छ कुनै टुङ्गो नै हुँदैन भने टुडे एक्सप्रसले समाचार लेखेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय