जनकपुरधाम । धनुषाकाे मुडिबा जाने बाटोमा ट्रयाक्टर पल्टिदा एक जनाको गएराती मृत्यू भएको छ । सोमबार राती करिब ९ बजेको समयमा ट्रयाक्टर पल्टिदा उनको मृत्यू भएको हो ।

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने मोहना पासवानको अन्दाजी बर्ष ३५ को दिलीप पासवानको मृत्यू भएको हो । ज १ त ६९६३ नम्बरको स्वराज ट्रयाक्टर लिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

स्थानीयहरुका अनुसार, मृतक दिलीप विदेह नगरपालिकाको गिद्धा बस्ने एक जनाको ट्रयाक्टर चलाउँदै आएका थिए । कुनै ठाउँबाट काम गरी फर्किरहेको अवस्थामा अत्यधिक हुस्सुका कारण ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयहरुले जनाएको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरदेखि विदेह नगरपालिकाको वडा नं. ५ मुडिबा जाने बाटोमा ट्रयाक्टर दुर्घटना भएको स्थानीयहरु बताएका छन् ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

गएरातीदेखि नै तराई मधेशको विभिन्न जिल्लामा अत्यधिक हुस्सु बढेको छ । हुस्सुका कारण यहाँका जनजीवन पनि प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय