जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा काम गर्ने कर्मचारीहरुले तलब र भत्ता नपाएपछि आन्दोलित गर्ने छन् ।

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी आइसलेसनमा खटिएका करिब ५० जना चिकित्सक, नर्स र अन्य काम गर्ने कर्मचारीहरुले ६ महिना सम्मको भत्ता र दुई महिनाको तलब नपाएपछि आन्दोलनमा उत्रने भएका हुन् ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले भने हिजो मात्र हामीले दुई घण्टा अस्पताल प्रशासनमा तालाबन्दी गर्यौं, पछि नेतृत्वले हामी छिट्टै व्यवस्थापन गर्ने भन्नु भएको थियोे । आफूहरुले जोखिम मोलेर काम गर्दा पनि तलब नपाएको भन्दै माँग सम्बोधन नभए आइसोलेसनमा पनि तालाबन्दी गरी आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय