• धर्मेन्द्र कुमार यादव

जनकपुरधाम । राजसंस्था सहित हिन्दु राज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेको छ।

प्रदेश नं २ को लहानमा शनिबार राजसंस्था पुनःस्थापनाको माग गर्दै जनतान्त्रीक तराइ मुक्ती मोर्चाको अगुवाइमा राष्ट्रीय नागरिक आन्दोलन २०७७ द्वारा बृहत र्‍याली प्रदर्शन गरेका छन। ‘देश र श्रीपेचको रक्षा’ र “राजा ल्याउ देश बचाउ” को नारा सहित शनिबार लहानमा र्‍याली प्रदर्शन गरिएको छ। र्‍यालीमा हजरौको संख्यामा नागरिक आन्दोलनका अगुवाहरु लगायत राजाबादीहरुको उपस्थिती रहेको थियो।

राष्ट्रिय झण्डा, ॐ लेखिएको झण्डा र पूर्व राजारानीको तस्बिर अंकित झण्डा लिएर लहानको पशुपती आदर्श मा वि बाट र्‍याली सुरु भइ नगरको विभिन्न भागको परिक्रमा गरी धनुषा र सिरहाको सिमानामा रहेको बन्दिपुर सम्म बृहत् मोटरसाइकल र्‍याली गरिएको थियो।

रैलिमा युवा र राजाबादीहरुको उपस्थिती रहेको थियो भने “राजा ल्याउ देश बचाउ”, “चारै तिर हल्ला छ राजा आउने सल्लाह छ”, भने नारा गुन्जिएको थियो।

वर्तमान राजनीतिक व्यवस्थाबाट आर्जित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेको राजावादीहरुको भनाइ छ।

कार्यक्रममा जनतान्त्रीक तराइ मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष मनोज कुमार झा, केन्द्रीय सदस्य सबिता यादव,
कृष्ण देव साह, रन्जन खनाल, कमल किरन कटुवाल, बुलन यादव, द्रौपती साह, मुन्ना यादव लगायत हजारौको संख्यामा राजाबादीहरु सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय