जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १० गेरुवाही टोल बस्ने अन्दाजी ४० बर्ष का रामबाबु रायलाई उनकै दियाद (काका भाई भरदार) हरुले मरन्नसान कुटपिट गरी फालेको आरोप लगाएकाे हाे ।

धनुषामा एक व्यक्तिलाई मरन्नसान हुने गरी कुटपिट गरि अस्पताल भर्ना गरिएको छ ।

बुधबार पत्रकारहरुसँग जनकपुरको प्रादेशिक अस्पतालमा उपचाररत रायले कुराकानी गर्दै उनकै भाई भरदार पर्ने गँगा प्रसाद राय, ब्रम्हदेव राय,शिवशंकर राय, उपेन्द्र राय, जमुना प्रसाद राय, राम प्रसाद राय ले उनी उपर आक्रमण गरेको आरोप लगाएका हाे ।

गत आईतबार विहान करिब ११ बजे वडा नं. १० गेरुवाही टोल स्थित रहेको सार्वजनिक जग्गामा केही स्थानीयहरुले भोगचलन गर्दै आएकोमा सो स्थानमा समुदायिक विद्यालय बनाउने प्रक्रियामा रहेका रामबाबु रायलाई सोही स्थानका केही व्यक्तिहरुले उनलाई कुटपिट गर्दै बेहोस बनाएर फालेर भागेको आरोप लगाएका छन् ।

उनले केही दिन अघि वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर साहसँग विद्यालय निर्माण र जग्गा सम्बन्धी कागजात मिलाइदिन आग्रह गरेपछि वडाध्यक्ष साहले सो जग्गामाथि अन्य जनाले समेत दाबी गरिरहेको भन्दै उनलाई बसेर कुरा मिलाउन सल्लाह दिएको बताएका छन् ।

सो जग्गामा विगत कैयौं वर्षदेखि अवैद्य भोगचलन गर्दै आएका सो व्यक्तिहरुले जग्गा आफ्नो रहेको भन्दै रामबाबु रायलाई मरन्नसान कुटपिट गरी बेहोस पारेको आरोप लगाइएका छन भने मरन्नसान बेहोस भएपछि केही बेरमा म होस आएको र त्यसपछि प्रहरीले समेत खोरमा हालेको आरोप रायको छ ।

विद्यालय बनाउनको लागि सो जग्गामा रहेको केही रुखहरु काटन लागिरहेका बेला रुख काटिरहेकै अवस्थामा सबै जना एकसाथ गएर रामबाबूलाई हँसिया,खुर्पानी , खुखुरि, लठ्ठी प्रहार गरी घाईते बनाएको आरोप लगाइएको हाे ।

उनलाई अहिले जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । उनको शरिरको विभिन्न भागमा चोटपटक लागेको छ

उनले भने – ” प्रहरीले उल्टै मलाई समातेर थुनुवामा लग्यो मलाई उपचार गराउनकाे सट्टा मलाई नै समातेर राखेका थियाे पिडित । मेरो दाई जमानत बसे र मलाई उपचारको लागि एम्बुलेन्स मार्फत जनकपुर पठायो । २०२५ सालमै भएको सर्भेमा जग्गा छुट रहेको छ । त्यसमा एमएस मावि गेरुवाही नामक समुदायिक विद्यालय स्थापनाको प्रक्रिया सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय