जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नव निर्मित टर्मिनल भवन आठ वर्षपछि तयार भएको छ । ०६९ सालमा यो नव निर्मित टर्मिनल भवनको निर्माण सुरु गरिएको थियो ।विमानस्थल प्रमुख किरण गौतमका अनुसार यो टर्मिनल भवन ५० करोडको लागतमा निर्माण भएको छ भने सुरुमा पप्पु कन्ट्रकसन र केविन डालवा उमा एन्ड कम्पनीले भवनको ठेक्का पाएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो कम्पनीले तोकिएको समयमा संरचना मात्र तयार पार्यो तर पछि विभिन्न बहाना बनाएर भवन अलपत्र पारेपछि थिए साे ०७४ मा पप्पुसँग सम्झौता रद्द गरिएको थियो ।सरकारले ०७४ मा फेरि पुन टेन्डर अह्वान गर्यो । दोस्रो पटक ६ करोड रकम थपेर केविनले टेन्डर सकारेको थियो । उसले तोकिएकै समयसीमा भित्र काम सम्पन्न गरेकोे प्रमुख गौतमले बताएका थियो । उनले भने, ‘पुरानो टर्मिनल भवन साँघुरो भएकाले कर्मचारीलाई काम गर्न पनि समस्या भइरहेको थियो । अब सबै समस्या समाधान हुन्छ । नव निर्मित टर्मिनल भवनमा डिजिटल दृष्य देखिने मेसिनसहित पार्किङको राम्रो व्यवस्था हुने भएकाले सहज हुने प्रमुख गौतमले विश्वास व्यक्त गरे । उनका अनुसार ०२४ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको यो विमानस्थलबाट दैनिक ८ फ्लाइट हुँदै आएका थिए । अहिले कोरोना महामारीका कारण दैनिक ५ फ्लाइट मात्र भइरहेका छन् ।
नयाँ टर्मिनल भवनको उद्घाटन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्दैछन् ।अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान योजना अलपत्रतत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने बताएका थिए । सोही अनुरुप विमानस्थलको धावनमार्ग विस्तार गरियो । लाइट जडान भए, तर अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडान योजनाले अलपत्र परेको छ ।०७४ पुस १७ मा रात्रिकालीन उडानका लागि सफल परीक्षण गरिएको थियो । त्यसको तीन वर्ष बित्न लाग्दा पनि त्यसले मूर्तरूप पाउन सकेको छैन । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी पनि हो । यहाँबाट अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान तत्कालै सञ्चालन गर्न आवश्यक देखिएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय