• मनाेज पासवान

जनकपुरधाम,८ मंसिर। धनुषामा गएराती एक घरमा मध्यरातिको मौका पारी चोरी भएको छ।चोरहरुले मध्यरातको समयमा लाखभन्दा बढिको सामान चोरेर लगेका छन।

धनुषा जिल्लाको सबैला नगरपालिकाको वडा नं ३ मा स्थानीय भोला यादबको घरमा गएराती एक लाख भन्दा बढीको सामानहरु लगायत नगद सहित चोरेर लगेको निजले जनाइएको छ।

भोला यादबको जेष्ठ छोरा श्याम सुन्दर यादबको घरबाट ३२ इन्चको एलइडी टिभी, ८५ हजार नगद,सुन चांदी ,माहिलो छोरा रामचन्द्र यादबको घरबाट सुनचांदी तथा कान्छो छोरा मोहन यादबको घरबाट नगद ३५०० चोरी भएको मोहन यादबको श्रीमतिले जनाएको छ।

यता इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकुमार यादबले खोज अनुसन्धान भइरहेको तथा छिट्टै अभियुक्त पक्राउ गरि कारवाही हुने जनाइएको छ।

संकेत तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय