सर्लाही । धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ६ खुटौनाका ३६ वर्षीय बिनोद पासवान रहेका छन् ।

छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग बिनोमाथि लागेको छ ।

अजयको हत्या गरेको खबर पाएलगत्तै प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आईतवार बिनोदलाई पक्राउ गरेको बताइएको छ ।

घटना विषयमा पक्राउ परेका बिनोदसँग अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय