• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर १ असोज रौतहट ।संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका कार्यकर्ताबीच सोमबार गोली हानाहान भएको छ ।गस्तीमा रहेको प्रहरी टोलीलाई चन्द समूहका कार्यकर्ताले धराप थापेर फायरिङ गरेपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो ।

धराप बिस्फोट भएपनि प्रहरीलाई भने केही भएको छैन ।

जवाफमा प्रहरीले ८ राउन्ड फायर खोलेको डीएसपी नवराज मल्लले बताए । केहीबेर दोहोरो फायरिङ भएको पनि उनले बताए । मानवीय क्षति भने नभएको उनले बताए ।

सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि चन्द कार्यकर्ताले चैनपुरको मैदाने भन्ने स्थानमा धराप बिस्फोट गरेपछि गोली प्रहार गरेका थिए । प्रहरीको नियमित गस्तीमाथि चन्द कार्यकर्ताले नियोजित ढंगले गोली प्रहार गरेको डीएसपी मल्लले बताए । चन्द कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ । प्रहरीले जवाफी फायरिङ खोलेपछि चन्द समूहका कार्यकर्ता भागेका थिए ।हाल त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाकर्मी खटाइएको हो ।

सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । सुरक्षाकर्मी परिचालन गरेर चन्द कार्यकर्ताको खोजी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय