पक्राउ परेकाहरूपक्राउ परेकाहरू

काठमाडौं, कात्तिक २६ । इन्स्पेक्टर हुँ भन्दै धम्क्याएर पैसा लुट्न खोज्ने तीन जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको एसएसपी दीपक थापाले बताए।

पक्राउ पर्नेमा नुवाकोट घर भई तार्केश्वर नगरपालिका-३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाका ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासीका ३६ वर्षीय गुविराम घले छन्।

एसएसपी थापाका अनुसार रमेश तामाङ सशस्त्र प्रहरीका सिपाही थिए। उनी सशस्त्र प्रहरीका भगौडा हुन्।

उनीहरूले एक व्यक्तिलाई पाँच लाख रुपैयाँ लुटेको भन्ने आरोप लगाएर बन्धक बनाएका थिए।

बन्धक बनाएर ती पीडितसँग सो रकम मागेका थिए। तर पीडितले दिन सकेनन्। आफूसँग पैसा नभएपछि ती पीडितले आफ्नो मामा ठेक्कापट्टा काम गर्ने भन्दै उनलाई सम्पर्क गर्न लगाए।

‘मामा चाहिँलाई तुलबहादुर मगरले आफू प्रहरीको इन्स्पेक्टर बनेर फोन गरेछन्। पैसा लिएर आउनू भनेर भनेछन्,’एसएसपी थापाले भने।

पछि मामाले आफ्नो भाञ्जालाई प्रहरीले नियन्त्रणमा लिएकोबारे महाशाखालाई खबर गरेका थिए।

‘हामीसँग मामाले ‘पुलिसले भाञ्जालाई समातेको छ’ भनेर बुझे। लगत्तै प्रहरी परिचालन गर्दा नक्कली प्रहरी पो परेछन्,’उनले भने।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, बालाजुमा बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय