बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करहरु बाट बरामद गरेको समान बीच बाटैबाट गायब हुने गरेको समाचार प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले तस्करहरुबाट बरामद गरेको मोबाइल मध्ये केहि मोबाइल क्राईम टोलीको दुई जना प्रहरीले गायब गरेको घटना चर्चामा आएको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका हवाल्दार खुसिलाल यादव तथा जवान पियम्बर अन्सारीले बुधबार साँझ करिब ७ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६ नागवा स्थित बाबाहोटलको गेटबाट बिभिन्न कम्पनीका १६ थान किमति मोबाइलहरु बरामद गरेको थियो । बारा जिल्लाको नकटुवा बस्ने तीन जना महिला तस्करहरुबाट क्राइमको टोलीले १६ थान मोबाइल बरामद गरेकोमा जिल्ला प्रहरी कार्यालयमा ९ वटा मात्रै मोबाइल बरामद गरेको जाहेरी गरेकोले ७ वटा मोबाइल बाटोमै क्राईमका हवलदार यादव र जवान अन्सारीले गायब गरेको हुन सक्ने समचार स्रोतले दाबी गरेको छ ।

महिला तस्करहरुले आफुहरु सँग १६ वटा मोबाईल रहेको र क्राईमका टोलीले सबै मोबाईल बरामद गरी लगेको बताएकी छिन । आफुहरुले भारतको रक्सौलबाट पर्साको वीरगंज सम्म पु¥याए वापत मोबाईलको मुल्यको आधारमा प्रति मोबाईल ३÷४ पाउने गरेको महिला तस्करहरुले बताईन ।

भारतीय बिभिन्न कम्पनीका मोबाइलहरु १६ थान बरामद भएपनि पर्सा प्रहरीले उक्त मोबाइल हालसम्म सार्बजनिक नगरेको कारण पनि प्रहरी कार्यालय बाट नै मोबाइल गायब भएको टिका टिप्पणी हुन थालेको छ । साधारण ५० हजारको कुनै सामान पक्राउ गर्दा विज्ञप्ति सहित समाचार पठाउने जिल्ला प्रहरी कार्यालयले ३ लाख भन्दा बढि रकमको मोबाइल बरामद गर्दा पनि सार्बजनिक नगर्नाले प्रहरी कार्यालयका उच्च पदस्तका कर्मचारीहरुकै मिलोमतो रहेको सहजै अनुमान गर्न सकिन्छ । यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरसँग बुझ्दा उहाँले ९ वटा मोबाईल फेला परेको र पछि केही थान गरेर १२÷१३ वटा होला भनेर गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेका छन । यता पर्साकी प्रहरी उपरीक्षक गँगा पन्तसँग बुझ्दा उनले ९ वटा मोबाइल बरामद भएको बताईन । प्रहरीले १६ वटा मोबाइल बरामद भएको कुरा छ भनेर बुझ्दा बरामद गरेको टोलीले ९ वटा मोबाइल मात्रै बरामद गरेको भनेर जाहेरी गरेको हुनाले त्यति रहेको बताइन ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तसँग महिला तस्करहरुले बारम्बार सम्पर्क गर्दा उनी ९ वटा मात्र मोबाईल बरामद भएको र सो मोबाईलहरु कुनै पनि हालतमा नछोडने प्रतिक्रिया दिएको एक महिला तस्करले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय