महिलाको दाहिने खुट्टा भने जनावरहरुले खाएको तथा अनुहारमा किरा परेको

हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा शुक्रबार एक महिलाको लास फेला परेको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित रहेको मावि खजुरी चन्हाको पश्चिम पट्टि धान खेतमा महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम ईन्चार्ज हृयेन्द्र रोकायाका अनुसार, शुक्रबार स्थानीय गर्भु दासको धानखेतमा सो महिला मृत अवस्थामा फेला परेको हो ।

अझै सनाखत हुन नसकेको महिलाको दाहिने खुट्टा भने जनावरहरुले खाएको तथा अनुहारमा किरा परेको अवस्थामा फेला परेको हो ।

अन्दाजी ६०/६५ बर्षिय महिला को र कहाँको रहेको बारे अझै खुल्न सकेको छैन भने लासलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको ईन्स्पेक्टर रोकायाले जानकारी दिए । मावि खजुरी चन्हादेखि करिब १०० मिटर पश्चिम तर्फ खेतमा खेतधनी राहर (एक दालको जात) रोप्न जाँदा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय