घरघरमा माटोको भाँडोको दियो र कलश माग अधिक भएकोले यसको माग बढदा उनीहरु व्यस्त

हाम्रो जनकपुर /जनकपुरधाम । महान चाड तिहार (दिपावली) र छठ पर्व नजिकिएसँगै तराई मधेशको बजारमा माटाको वर्तनको विक्रि बढेको छ ।

आगामी कार्तिक २९ गते परेको तिहार (दिपावली) मा दीप प्रज्वन सहित छठ पर्वमा समेत माटोको भाँडाकुँडा पवित्र मानिएकोले ग्रामिण भेकमा विक्री वितरण बढेको हो ।

ग्रामिण भेकको विभिन्न बजारमा बेच्न राखेको माटोका दियो र कलशा शुद्ध हुने भएकाले अहिले यसको बिक्री बढेको छ।

घरघरमा आउन केही दिन मात्र रहेको समयमा धनुषामा माटोका भाडा बनाउँदै आएका कुम्हारले समुदाय (उनीहरुले बढी सक्रिय) लाई पाला बनाउन र बिक्री गर्न भ्याइ नभ्याइ भएको छ ।

जिल्लाको सबैला, रघुनाथपुर , भठिहन,यदुकुहा सहित धनुषाको विभिन्न ग्रामिण भेगमा बसोबास गर्ने कुम्हार जातीको सिङ्गो परिवारहरु आजभोली रातदिन मेहनेत गरेर माटोको विभिन्न भाँडाकुँडा लगायत पूजा सामग्रीहरु बनाउनमा व्यस्त रहेको पाईन्छ ।

हिन्दूहरुको महानपर्व तिहार तथा तराईका महानपर्व दिपावलि र छठ मनाउनको लागि घरघरमा माटोको भाँडोको दियो र कलश माग अधिक भएकोले यसको माग बढदा उनीहरु व्यस्त भएको हो ।
धनुषा लगायत तराई क्षेत्रमा रहेको प्रत्येक घरघरमा दिपावलीको राति आकर्षक रुपमा तयार गरिएको पालामा तेल राखेर झिलीमिली पार्ने भएपछि बजारमा यसको माग बढदै गएको कारण बजारमा यसको माग बढदै गएको छ ।

यतिखेर दिपावली र छठपर्व नजिक आएकोले आवश्यक पाला, धुपौरो लगायतका माटोले निर्मित विभिन्न सरसमानहरु तयार गर्नुपर्ने भएकोले एकछिन फुर्सद नभएको सबैला नगरपालिकाका ६७ बर्षिय रामदेब पण्डितले बताउनुहुन्छ । “तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार अघि जसरी पनि सामान दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ” बताए ।
अरु समयमा आफुहरुको त्यति कमाई नहुने तर तिहार र छठ पर्वको समयमा नै वर्षभरिका लागि राम्रो आम्दामी पछि यो मौकालाई गुम्न नदिन सपरिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने सबैला नगरपालिका ५४ बर्षिय रजिन्दर पण्डितले बताए ।

माटोको भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्तले एक दिनमा एक हजारदेखि १५ सयसम्म पाला बनाउने गरेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय