सिरहा, १९ कात्तिक । सिरहाको लहान नगरपालिका ३ मा एक कवाडी गोदाममा आगलागी हुँदा लाखौको क्षति भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान–३ कुशवाहा चौकमा रहेको कवाडी गोदाममा मंगलबार बेलुका आगलागी हुँदा करिव २५ लाखको क्षति भएको हो ।

कवाडी गोदामसँगै विगत ७ महिना देखि बन्द रहको मदिरा पसलका संचालकले पसल अगाडी रहेको फोहरमा लगाएको आगो फैलिएर गोदामसम्म पुगेको बताइएको छ । उनी फोहरमा आगो बालेर पसल बन्द गरि घरतिर गएपछि गोदामसम्म पुगेर आगो अनियन्त्रित भएको स्थानीयले बताएको छ ।

आगो नियन्त्रण गर्न लहान, गोलबाजर, सप्तरीको शम्भुनाथ नगरपालिका बाट आएका वारुण यन्त्र, नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले बताए ।
लहान नगरपालिका–३ निवासी राम नारायण महतो र साबिर मिया दुई जना संचालक रहेका उक्त गोदाममा ६५ लाख भन्दा बढीमूल्यको सामानहरु राखिएको बताएका छन् ।

प्रहरीले भने आगलागी बाट करिब २५ लाख बराबरको क्षति भएको जनाएको छ । आगो लागेको घटनाबारे अनुशन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय