जनकपुरधाम, कार्तिक १९ गते । सर्लाहीमा जुवाको खालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिकाबाट जिल्लाकै चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गोरु व्यापारी सिंहको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीसहित सर्लाही बरथवा–६ बस्ने ४२ बर्षका राम प्रमोद महतो, बरथवा–५ बस्ने बर्ष ४८ का महमद हसन कवारी, बरथवा–७ बस्ने बर्ष ३८ का दिनेश शाह भनेर चिनिने गोबिन्द साह, सोहि ठाउँ निवासी बर्ष ५५ का रामानन्द दास र १६ का बर्ष ३० को मनोज रायलाई प्रहरीले पक्राउ गरेको हो।

६० हजार ९९५ नेपाली रुपैयाँ र ५ हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको डीएसपी भाटले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय