जनकपुरधाम, कार्तिक १८ गते । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा मंगलबार बिहान बिहान माटोको ढिस्को (धस्ना)मा परि एक महिलाको मृत्यु भएको छ भने दुई महिला गम्भीर घाइते भएकी छन् ।

मंगलबार बिहान ७ बजे दीपावलीको लागि घर लिपपोत गर्न स्थानीय राजी यादवको खेतमा माटो लिन गएको बेला ढिस्को खसेको थियो । ढिस्कोमा च्यापिएर सुनिता देवीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । दुइजनाको भने स्थानीयले तुरन्तै उद्धार गरेका थिए ।

मृत्यु हुनेमा स्थानीय राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता देवी रविदास रहेको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

यस्तै ढिस्कोमा परि स्थानीय जग्देव ठाकुरकी छोरी १४ वर्षीया मधु कुमारी ठाकुर र खुशीलाल शर्माकी श्रीमती २७ वर्षीया रिना देवी ठाकुर गम्भीर घाइते भएकी छन् । घाइते दुबैजनालाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

मृतक सुनिताको शवलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोपोस्टमार्टमको लागि र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय