जनकपुरधाम, कार्तिक १७ गते । जिल्लाको विभिन्न स्थानबाट मलखाद्य, कपडा र मटर लगायतको समान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा बाट भन्सार छलेर ल्याइएका लाखौँ मूल्य बराबरको समान धनुषा प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार आइतवार विहान करिब ९ बजे विदेह नगरपालिका–१ ठाडीगाउँ बस्ने लालबाबु पंजियारको घरमा युरिया मल लुकाई छिपाई राखेको खबर पाएपछि प्रहरीले छापेमारी गरेको थियो ।

त्यहाँ खानतालस् गर्दा डिएपी ३९ र युरियामल २९ बोरा गरी करिब एक लाख बराबरको मल बरामद भएको थियो ।

सो मल आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ । यस्तै आइतवार विहानै प्रहरी चौकी गिद्धाबाट गस्तीमा खटिगएको प्रहरी टोलीले विदेह नगरपालिका– ५ स्थितमा नेपालबाट भरत तर्फ भन्सार छलि चोरी निकासी गरी २ वटा मोटरसाईकलमा लाँदै गरेको रू. २ लाख १२ जार रुपैँया बराबरको सेतो मटर १० बोरा बरामद गरी आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको हो।

त्यसैगरी आइतवार विहानै नगराईन– २ स्थित भारतबाट अवैध रुपमा मोटरसाइलकलमा ८० हजार बराबरको विभिन्न किसिमको रेडिमेट कपडा र मोटरसाइकल गरी लाख ७० हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालय पठाइएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय