रबिन्द्र प्रजापति १७ कार्तिक रौतहट ।
रौतहट जिल्लाको मौलापुर स्थित पावर हाउस नजिक मोटरसाईकलको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु भएको छ । आईबार विहान करिब ८:३० बजेको समयमा धान काटाउनको लागि त्रिपाल पुरियाउने क्रममा लालबकैया तर्फ आउदै गरेको भारतीय BR 05 A C6053 नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिएका थिए

अर्का दुईजना गम्भिर घाइते भएका छन् । घाइते दुई जनाको उपचार भइरहेको छ ।

ज्यान गुमाउने बालक मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरियाका कृषनन्दन राय यादवको छोरी अंसु कुमारी यादवको मृत्यु भएको छ

बालकको आईतबार दिउसो २:०० बजे उपचारको क्रममा नरायणी व्योध्या होस्पिटल बिरगंजमा मृत्यु भएको हो । ठक्कर दिने चालक गुजरा नगरपालिका हरियरपुर बस्ने जुमन मियाँको छोरा रहमान मियाँ लाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय