महोत्तरी, कार्तिक १६ गते । प्राय कसैलाई सम्मान गर्दा कार्यक्रम कै आयोजना गरिन्छ ।
तर एउटा सम्मान कार्यक्रम भने थोरै फरक अन्दाजमा गरेको देखियो ।

अतिथिहरु बोलाएर तामझामका साथ कुनै सभाहल,टेन्ट,पन्डाल वा त्यसतै कुनै स्थानमा त्यसतो कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।
संचारकर्मी रञ्जन भण्डारीलाई प्रवासी मिथिला समाज कल्याणले सडकमै सम्मान गरेका छन । महोत्तरीबाट सकृय पत्रकारिता गर्दै आएका संचारकर्मी भण्डारीले मधेश आन्दोलन तथा अन्य समयमा समेत नियमित र खोजमुलक समाचार लेखेको र मधेश तथा मधेशको ग्रामिण तथा महत्वपुर्ण मुद्दाहरु उठान गरेको भन्दै उनको सम्मान गरिएको हो ।

जनकपुर रामानन्द चौकमै संचारकर्मी भण्डारीलाई बोलाएर प्रवासी मिथिला समाज कल्याणले सम्मान गर्दै नगद पचिस हजार दश तथा गमछा ओढाएका थिए ।

समाजका संस्थापक सदस्य द्व रविन्द्र उदासी माली र मनिष कुमार राय सहितले सकड र जनताको लागि सदैव काम गर्ने र उनको आवाज बुलन्द गर्ने संचारकर्मीलाई कुनै सभा समारोह भन्दा पनि तिनै जनताको विचमा सडकमै सम्मान गरेको वताए ।

सदैव समाचारको लागि सडकमै भौतारिएर दिन रातको परवाह नगरि खटिने संचारकर्मीको सम्मान बन्द कोठामा कदापी हुन नसक्ने भएकोले आफुहरुले सडक नै रोजेको उनले वताए ।

संचारकर्मी भण्डारीलाई सम्मान गर्न समाजसेवी जनार्दन भण्डारी,कमलेश यादव,रंजित राय,ई. बेचन भण्डारी लगायतका व्यक्ति उपस्थित रहेका थिए । यता सरप्राईज सम्मान पाएका संचारकर्मी भण्डारीले मधेश आन्दोलन तथा अन्य समयमै समेत आफ्नो कलमले मधेश मुद्दा तथा मधेशीको पिडा उठान गरेका संचारकर्मीहरु निक्कै धेरै भएको र उहाहरुको सामुने आफ्नो योगदान ज्यादै न्युन भएपनि संस्थाले सम्मानको लायक सम्झेकोकोमा आभार प्रकट गरे ।

समाचार सम्प्रेसनकै समय निक्कै धेरै तनाव खेप्नु पर्ने र विभिन्न समाचार सम्प्रेसन नगर्न समय समयमा दवाव आउने गरेको बावजुद आफ्नो कलम नियमित चल्दै आएको र भविष्यमा समेत चलिरह्ने उनले वताए । संचारकर्मी भण्डारीले सम्मानको रकम आफुलाई जन्म दिएर योग्य बनाउने अभिभावकलाई हस्तान्तरण गरेका छन ।

यता संचारकर्मी भण्डारीलाइ सम्मान गरिएकोमा वरिष्ट पत्रकार दशरथ भण्डारीले समेत बधाई दिएका छन । एक पिता र एक अभिभावक पत्रकारको रुपमा बधाई दिदै संचारकर्मी दशरथ भण्डारीले छोराले आफ्नो कर्मले पाएको सम्मान प्रसंसनिय भएको भन्दै उज्जल भविष्यको समेत कामना गरेका छन । उनले सम्मानमा छोराले पाएको रकम आफ्नै नियमित प्रकाशित हुने भुमि साप्ताहिक पत्रिकामा लगाउने वताएका छन ।

दशरथ भण्डारी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पुर्व अध्यक्ष तथा महोत्तरीकै निक्कै पुराना पत्रकार हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय