• राजेन्द्र महताे

सिरहा । कटुवा पेस्तोलसहित सिरहाबाट दुई जनालाई पक्राउ पारेको छ।

सिरहाको बन्दीपुरबाट माेटरसाइकल चेकजाँच गरेकाे क्रममा कटुवा पेस्तोलसहित दुई जना पक्राउ गरेको छ ।

सिरहा जिल्लाकाे बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट ट्याब्लेटसहित कर्जन्हा नगरपालिका वडा नम्बर २ का २२ वर्षीय डिम्पल यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न प्रेमनाथ यादवलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय