महोत्तरी । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ।
ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका(६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन ।

बर्दिबास(१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर पोलमै झुण्डिका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाँटाले तारमा हानेर उनलाई उपचारकालागी
बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए ।

त्याहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरीएको थियो। काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरीएपछी जनकपुरमै उनको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उप(शाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जनकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय