जनकपुरधाम, कात्तिक १५ । आज सरद पुर्णिमा मिथिलामा कोजाग्रात पुर्णिमा पनि भनिन्छ । यस दिनको विशेष महत्व छ । आजको दिन पान मखान खानुका साथै नव विवाहिता वेहुलीको घरवाट बेहुलाको घरमा कोशेली पठाउने विशेष दिन । जानकीलाई आफनी छोरी मान्दै महतोरीका एक परिवार करिव १२ दशक देखि उपहार पठाउने क्रम जारी छ ।

आजको दिन मिथिलाञ्चलमा सबैले पान र मखान खानुपर्ने परम्परा र चलन रहेको छ । खासगरी कोजाग्रात मिथिलाञ्चका महत्वपूर्ण पर्बहरु मध्ये एक हो । हिन्दु संस्कृतिमा बाह्र महिनाको बाह्रै ओटा पर्बको आफ्नै महत्व रहेको छ । माघे संक्रान्तिका दिन ध्यू खिचडी खाने, भदौमा हुने चौरचनमा दही खाने, दिपावलीमा धर आङ्गन सफा गर्ने जस्तै यो पर्बमा दही, पान र मखानको समेत विशेष महत्व रहेको छ । त्रेता यूगमा भगबान श्री कृष्ण्ले यसै दिन रास लिला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत बर्षा हुने भएकोले मिथिलाबासीहरु आजैका राती खीर बनाएर आफ्नो छतमा राखी भोली प्रसादको रुपमा खाने गर्छन ।

यो दिन नव बिबाहित बेहुली पक्षबाट बेहुलाको घरमा पान, मखान, चिउरा, दही, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ । बेहुला पक्षका घरमा बेहुलालाई चुमाउन गरी बेहुली पक्षबाट आएको भार (परिकार सहितको कोसेली) भोजको रुपमा आफ्नो ईष्टमित्र, परिवारजन, आफन्त र छरछिमेकमा खुवाउने चलन रहेको छ । महोतरीको एक परिवार एक सय १९ वर्ष देखि निरन्तर जानकीलाई आफनो छोरी मान्दै प्रत्येक वर्ष १ सय आठ वटा भार (कोशेली) पठाउने गरेका छन् ।

महोतरी रतौलीका तत्कालिन जमिन्दार महेन्द्र प्रसाद ठाकुरले सैयौं वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए । ठाकुरले जानकी माता संग पुत्र प्राप्तीको कामना गर्दै भाकल गरेको पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान मखान सहितको भार पठाउन सुरु गरेका थिए । त्यसपछि उनका छोरा, नातीहरु हुदै परनातीहरु समेत अहिले सो परम्परा जोगाउदै प्रत्येक वर्ष भार लिएर आउने गरेका छन् ।

जमिन्दार ठाकुरका नातीहरु नविन ठाकुर, बरुण कुमार ठाकुर सहितकाले पुर्वजको आस्था र यो परम्परा आफुहरु सहित आफना अगामि सन्ततीहरुले समेत बाचुञ्जेल बचाइ राख्ने बताए । विधि अनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ । ठाकुरको घरबाट आएको भारको दही च्यूरा पान, मखान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन् ।

आजको दिन नव दुल्हादुल्हीहरु मिलेर चौपर समेत खेल्दछ । आज साँझ चन्द्रमाले अध्याधिक सितलता दिने भएकाले आज साँझ जानकी मन्दिरमा भगवानलाई वाहिर निकालेर चुमाउन विधि हुन्छ र विशेष नाच, गाना बाजाना पनि हुने र प्रसादका रुपमा मह, पान, मखान सहितका परिकार वितरण हुने परम्परा छ ।

भक्तजनहरु ऋाज जानकी मन्दिरमा पान मखान पढि चढाउन छन् । साथै कोजाग्रात पुर्णिमाका दिन मिथिलान्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ । यसका लागि बजारमा आजका दिन पान र मखान किन्नेहरुको समेत घुँईचो लाग्ने गर्दछ भने मखानका ब्यापारीहरु पनि आजका दिन राम्रो ब्यापार गर्ने गर्दछन ।सभार न्युज एसपि खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय