जनकपुरधाम, कार्तिक १५ गते । महोत्तरीमा कौडा खेलिरहेका तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका ७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह छन् ।

आज बिहान ४ बजे कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सइ ६० रुपैयाँसहित महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार कौडा खेलिरहेका अन्य दुईजना फरार भएका छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय