सिरहा । सिरहाली सेवा समाजले सिरहा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।
समाजले एक कार्यक्रमका वीचमा सिरहा अस्पताललाई कोभिड–१९ को संक्रमणवाट स्वास्थ्यकर्मी र स्वयम् सेववकलाई जोगिन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । समाजले पिपिई १३ थान, फेस सिल्ड १३ थान, बुट १३ थान र पंजा एक प्याकेट हस्तान्तरण गरेको समाजका सचिव किरण पासमानले बताए ।

समाजका आजिवन सदस्य शिव कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा अस्पतालका प्रमुख डा नागेन्द्र प्रसाद यादवलाई उक्त स्वास्थ्य सामग्री वितरण गरिएको सचिव पासमानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय