रबिन्द्र प्रजापति १३ कार्तिक रौतहट । रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका १० बाल्चनपुरकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गएको कात्तिक ६ गते चितवन अस्पतालमा लगिएको ती महिलामा मृत्युपछि बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक ती महिला मृगौला रोगी भएकोले थप उपचारको लागि चितवन लगिएको थियो । मृत्यु पश्चात शव नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार चन्द्रपुर नगरपालिका ५ चाँदी नदीको किनारमा व्यवस्थापन गरिएको जनाइएको छ । यो सँगै रौतहटमा कोरोना भाइरस कोभिड–१९ काे संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय