तस्बिर संकेतिक google बाट

बारा । बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर घाइते भएका छन् । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन् ।

घाइतेको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन् ।

भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल पक्राउ गर्दा झडप भएको हो । स्थिति निन्त्रणमा १२ राउण्ड हवाइ फायर गर्दा हुलुमुलमा परेका बालक रन्जनलाई गोलीको छर्रा लागेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय