उर्मिला यादब

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध सामान ओसार-पसारमा संलग्न १ मोटरसाईकल सहित ९ लाख १५ हजार ८ सय ३५ मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभार चोकमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ७८ हजार ८ सय मुल्य बराबरको पेन्टर मेसिन,हिट प्रेस मेसिन, पेपर, टिसर्ट, प्लाष्टिक डोरी लगायत सामानहरु बरामद गरेको छ ।

उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेको प्रहरीले जनाएको छ । त्यसैगरी बुधबार नै भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १५ हजार २ सय मुल्य बराबरको ३८४ थान लेडिज टप्स ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं. १३ बडेराबाट बरामद गरेको छ ।
त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब. ४६ हजार ३५ मुल्य बराबरको प्याज (४०० केजी) , Gluco One, Blood Pressure Monitor, Malaria PF/PV Antigen Test लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. ०१ झरही खोलाबाट बरामद गरेको जनाएको छ । त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली यु ५३ सिएम ४६८० नम्बरको मोटरसाईकलमा राखि अवैध रुपमा ल्याउदै गरेको रेडमि मोबाइल १५ थान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट मोटरसाईकल सहित बरामद गरेको छ । उक्त बरामद मोबाईलको अन्दाजी मुल्य ३ लाख र मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार गरी जम्मा ३ लाख ५० हजार मुल्य बरामर रहेको छ ।

त्यसैगरि भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब १० हजार ८ सय मुल्य बराबरको चिनी ( ५० केजी), प्याज ( ४० केजी) तथा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १५ हजार मुल्य बराबरको हरियो मटर (१५० केजी) र मटरको दाल (५० केजी) लगायतका सामान प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ०७ भन्सार टोलबाट बरामद गरेको छ ।

उक्त सामान साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि साईकल लिई मानिस भागेका थिए ।

आज बरामद सम्पुर्ण सामान र मोटरसाईकल आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय