• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर /रौतहट । रौतहटको कटहरिया स्कार्पियो दुर्घटनामा परि एक ५ वर्षिय बालक घाईते भएको छ
आज १० गते बेलुका ६ बजेको समयमा रौतहट जिल्लाको जंगलसैया बाट कटहरिया तर्फ आउदै गरेको भरतीय नम्बर प्लेटको HP 31 C 0773 सफारी गाडी ले कटरिया न. पा. ५ कटहरिया गाउँमा ठक्कर दिदा ५ वर्षीय बालक घाईते भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ

कटहरिया निवासी राम बहादुर राय यादवको छोरा ५ वर्षय रुपेस कुमार यादव को कन्चट, चिउडो र टाउको मा चोट लागेको, ईलाका प्रहरी कार्यालय कटहरियाको सई लतिफ अन्सारीले जनाएको छ ,

घाईते स्थानीयलाई मेडिकल सामान्य उपचारको लागि वीरगन्ज रेफर गरिएको । घाइतेको अवस्था गम्भीर रहेको सई अन्सारीले जानकारी दिनु भएको छ

घटना स्थलमै प्रहरी कार्यालय कटहरियाले पुगी चालक र स्कार्पियो ईलाका प्रहरी कार्यालयको कटहरियाको नियन्त्रणमा रहेको प्रहरी कार्यालय कटहरिया को सई लतिफ अन्सारीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय