रबिन्द्र प्रजापति रौतहट । रौतहटमा लाग्ने हाट बजारमा थेगी नसक्नुको भिडभाड लागेको छ । कोरोनाको त्रासका बिच यस बर्षको विजया दशमी नागरिकहरुले मनाउदै छन । विजया दशमीको टिका कार्तिक १० गते सोमबार आउन दुई दिन मात्र बाकी रहदा रौतहटमा लाग्दै आएको हाट बजारमा चहलपहल अर्थात नागरिकहरुको भिडभाड बाक्लो देखिएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले धेरै भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न नागरिकलाई पटक–पटक आग्रह गर्दै आएको छ । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पनि अपिल गर्दै आएको छ । तर विजया दशमी मनाउँदै गर्दा भने बजारमा विभिन्न सामग्री किन्नेहरुको भिड भने थेगि नसक्नु रहेको छ । विजया दशमीको आगमनसंगै नागरिकहरुको भिडभाडले कोरोना संकटले भयवाह स्थिती आउन सक्ने बुद्धिजिविहरुले आंकलन गरेकका छन ।

बजारमा निस्किएका नागरिकहरुले न त माक्स नै लगाएका छन , न त सामाजिक दुरि नै । यसरी आम नागरिकहरुले सचेत नहुदा स्थानिय नागरिकहरुमा भने कोरोना त्रास उत्पन्न भएको छ । चाड मनाउन यति बेला काठमाडौ लगायत मुलुकका विभिन्न शहरहरुबाट नागरिकहरु गाउ फर्किएका छन तर रौतहटका मुख्य बजार पनि उस्तै भिड रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय