• नरेशचन्द्र बरबरिया

हाम्रो जनकपुर /सिरहा । दुर्गा युवा क्लब कतार द्वारा दुर्गा मन्दिर माडरलाई ३० केभिए को महिन्द्रा पावर जेनेरेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । वैदेशिक रोजगारको लागि कतारमा काम गरिरहेका माडरका युवाहरुको दुर्गा माता प्रतिको आस्था, विश्वास र समर्पणमा जनकल्याणको भावनाले अग्रसर युवाहरुवाट माता दुर्गाको मन्दिरमा ३० केभिए क्षमताको जेनेरेटर प्रदान गरेका छन ।

श्रम र पसिनाको कमाईवाट यस प्रकारको अतुलनिय सहयोग गरेका सम्पुर्ण दुर्गा युवा क्लव कतारका पदाधिकारी सदस्य हरुलाई दुर्गा मन्दिर र प्रतिष्ठान सहित ग्रामवासीले तर् हार्दिक आभार र धन्यवाद ज्ञापन गरेका छन ।

यस्तै अनुकरणिय र उदाहरणिय अन्य क्षेत्रमा कार्य गरिरहेका स्थानियवासिहरुबाट पनि दुर्गा मन्दिर माडरले सहयोगको अपेक्षा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय