बिरगंज , असोज १६ गते शुक्रबार । गोविन्द केसीको १९ औ सत्याग्रहको समर्थनमा डा. केसीका समर्थकहरले एक घन्टा धर्ना दिएका थिए ।

जसपाल सिंहको नेतृत्वमा डा. केसिका समर्थकले बिरगंजको नारायणी अस्पतालमा शुक्रबार बिहान १०:३० देखि ११:३० बजे सम्म १ घण्टा प्रदर्शन एवं धर्ना कार्यक्रम गरेको थिए ।

सो कार्यक्रममा नेपाल चिकित्सक संघ पर्साले एक्यवद्धता जनाउदै चिकित्सकहरु पनि प्रदर्शनमा सहभागी भएका थिए । डा. केसीको माग सहित को प्लेकार्ड लिएर अभियन्ताहरु सहभागिता जनाएका थिए ।

डा. केसीको सत्याग्रह नेपाली जनता तथा स्वास्थ्य क्षेत्रको लागि नै भएकोले अबिलम्ब वार्ता गरि माग पूरा गर्नुको साथै उहाँको जिवन रक्षा गर्न सरकार सगं नेपाल चिकित्सक संघको आग्रह रहेको डा. निरज सिंह ले बताए ।

सो कार्यक्रममा डा.अरुण कु. सिंह , डा. राजदेव कुशवाहा , डा. दिनेश कु. गुप्ता , डा. बिधान कोइराला ,डा. शैलेश ठाकुर, प्रकाश थारु, लालबाबु सिंह, कमल चौगाइ, मन्टु श्रेष्ठ, केदार गुप्ता, गोपाल साह, दिपक पटेल, अभिनाश झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय