हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२१ मा १७ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरिएको घटना बाहिरिएको छ ।

हिजो (आईतबार) राती १२ बजे घरमा आमा बुवा केही नभएको बेलामा स्थानीय ३० वर्षीय मुनुवा राउतलगायत ३ जना युवाले आफुसँग जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।

पीडितले भनिन्,‘म राती घरमा सुतिरहेको बेलामा बाहिरबाट कसैले ढोका खोल्न भन्यो । मैले मेरो काका होला भनेर ढोका खोलें । ढोका खोल्नेवितिकै ३ जनाको समुहमा रहेका केटाहरुले आफ्नो हातमुख समातेर घरमा लगि जबरजस्ती करणी गरेका थिए ।’

घटनामा संलग्न स्थानीय ३० वर्षीय मुनुवा राय अमात्यलाई स्थानीयहरुले समातेर प्रहरी चौकी कुर्थाको जिम्मा लगाएको पीडितका पिताले बताए । ति युवती घरबाट चिच्याएको आवाज सुनेर उनको छिमेकी त्यहाँ पुगेपछि घटनास्थलबाट २ जना युवा भागेका थिए ।

पीडित पक्षले घटनाबारे प्रहरी चौकी कुर्थालाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा २ जनालाई नियन्त्रणमा लिएपनि स्थानिय नेताको दवावमा पछि उनीहरुलाई छाडिएको पीडित परिवारको गुनासो छ ।

यता, प्रहरी चौकी कुर्थाका प्रहरी सहायक निरिक्षक रजनिश साहले घटनामा संलग्न भएपनि जबरजस्ती करणी नगरेका २ जना युवालाई जमानतमा छाडिएको जानकारी दिएका छन् । सभार द नेपालटप याे समाचार लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय