धर्मेन्द्र प्रसाद यादव

हाम्रो जनकपुर /पर्सा । नेपाल सरकारले विशेष गरि नेपाल प्रहरीलाई नाकामा हुने गरेको राजश्वम चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि नेपाल प्रहरीले त्यसको ठीक विपरित अवैध कारोबार गर्ने कारोबारीहरू सँग साठगाठ गरि आर्थिक संकलन तर्फ केन्द्रित रहेको पाइएको छ ।पर्साको टिहुकि प्रहरी चौकी इन्चार्ज पवन झा र बुढगाई प्रहरी चौकी इन्चार्ज ओकील सिंहले तस्करहरुलाई संरक्षण दिई लाखौं लाख असुली गरिरहेको खबर प्राप्त भएको छ ।

सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका नेपाल नेपाल प्रहरीले तस्कर सँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइदिएको छ । पर्सा जिल्ला को ग्रामीण भेगमा पर्ने टिहुकि ,भेडिहर्वा, बुढगाई नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी भइरहेपनी प्रहरी चौकी टिहुकिका प्रहरी सहायक निरीक्षक पवन झा र प्रहरी चौकी बुढगाई का प्रहरी सहायक निरीक्षक ओकील सिंह मालामाल भएका छन । एनि हाउ पैसा कमाउ भन्ने उखानमा प्रहरी सहायक निरीक्षक झा र सिंह तस्कर समुहहरू सङ्ग लाखौ लाख रूपैया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन । टिहुकि, भेडिहर्वा, बुढगाई खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरुले नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमापारी सो सिमानाकामा पर्ने भारतीय बजार सीमवती शहर मैनाटाड, सिक्टा बाट अवैध रुपमा भन्सार छली रातिको समय मा नेपालमा अभाव भएको ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी ,आलु ,प्याज ,खाने तेल, चपल, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेको स्थानीयको आरोप छ ।

पर्साको सबै सिमा नाका बन्द भएपछि पर्साको नामुद तस्करहरुले प्रहरी चौकी टिहुकिको इन्चार्ज प्रसनि पवन झा र प्रहरी चौकी बुढगाई को इन्चार्ज प्रसनि ओकील सिंहको सहयोग मा छिपहरमाई गापाको बुढगाई, टिहुकि, भेडिहर्वा सिमानाका प्रयोग गरी लाखौं लाख को तस्करी भइरहेको श्रोतले बतायो ।नेपाल बाट भारत मा प्रहरी कै सहयोग मा रक्सी मदिरा को तस्करी हुँदै आएको स्थानीयले बताएका छन ।पर्सा को सबै सिमानाका बन्द भएपनि टिहुकि, बुढगाई, भेडिहर्वा सिमानाका बाट प्रहरी को सहयोगमा प्रत्येक दिन रातिको समय मा ५० देखि ८० हजार सम्मको मदिरा को तस्करी भइरहेको सूचना प्राप्त भएको छ ।टिहुकि र बुढगाई चौकीको एरियामा धेरै रक्शी भट्टी संचालन मा छन तर भट्टी साहुले प्रसनि झा र सिंहलाई नजराना दिदै चलाइरहेको श्रोतको दाबी छ । त्यहा भारतको धेरै ठाउ बाट मान्छेहरु सिमानाका लक भएपनि रक्शी खान आउने गरेका छन् । संचालन मा रहेको सबै भट्टी साहु सँग हरेक महिना१५ सय रुपैया र रक्सी को तस्कर सँग हरेक महिना प्रति व्यक्ति १५ सय को दरले उठाउने गरेको स्रोतले जनाएको छ ।

श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल,पैदल टाउको मा राखी बोर्डर कटाउने गरेका छन् । सो वापत साइकल मा तस्करी गर्ने सँग प्रति महिना २ हजार रुपैया र मोटरसाइकल बाट तस्करी गर्ने सँग प्रति महिना ४ हजार ५ सय रुपैया , भैंसी तस्कर सँग प्रति भैंसी १ हजार रुपैया र राँगाको प्रति राँगा २ सय रुपैया ड्युटीमा मा रहेका प्रहरी हरु लाई रिचार्ज खर्च दिने चलन रहेको छ ।सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढेपनी प्रहरी चौकी टिहुकि र प्रहरी चौकी बुढगाईबाट खटिएको प्रहरी टोलिले प्रहरी सहायक निरीक्षक झा र सिंहको इशारामा स्कटिङ्ग समेत गर्ने गरेको बताइन्छ । मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा प्रहरी सहायक निरीक्षक झा र सिंह आफ्नो मनोमानी पाराले लाखौ लाख रकम बुझी तस्करीको लाइन सुचारू गरेका हुन । श्रोतका अनुसार सहायक निरीक्षक झा र सिंह विभिन्न किसिमका समाग्री नेपाल र भारतबाट अबैध रूपमा आयात निर्यात गर्ने तस्कर गिरोह सङ्ग रकम लिएर कार्य सुचारू गरेको बताए ।उनले माथिल्लो निकायकै ईशरा पाए पश्चात् प्रहरी चौकीलाई कमाइ खाने भाडो बनाएको बताए ।रातिमा गस्तीको नामले आफै खटिने गरेको र सशस्त्र प्रहरीको ड्युटीको बिषयमा समेत तस्करलाइ खबर गर्ने गरेको बताए । राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन ।

नाम नछाप्ने सर्तमा एक प्रहरी भन्छन् टिहुकि प्रहरीले २५ हजार बोरिङको समान सिमानाका कटाउन लिएको थियो र टिहुकि चौकीको एरिया पर्ने भेडिहर्वा सिमानाका बाट तस्करहरुले टिहुकि प्रहरीको सहयोगमा बोरिङको समान भन्सार छली गरी नेपाल प्रवेश गरेको थियो तर त्यहा बाट नेपाली ट्रेक्टरमा लोड गरी वीरगंज तर्फ लेजादै गरेको ट्रेक्टर सहित ३ जनालाई मिर्जापुर चौकी को प्रहरीले छिपहरमाई गाउँपालिका वार्ड नः १ मिर्जापुर बुधीया को मन्दिर भने ठाउबाट टिहुकि प्रहरीले छोडेको ट्रेक्टर पक्राउ गरेको थियोटिहुकि प्रहरीले २५ हजार रूपैया बुझे पश्चात् हार्डवेयरको लाइन दिएको र हार्डवेयरको नाममा एकैरातमा ३ लाख बराबर को बोरिङ को समान भित्रिएको अस्थानिय आरोप छ।टिहुकि, बुढगाई चौकीबाट खटिने प्रहरी को जवानहरुले नेपाल मा नपाएर हाहाकार मच्चीएको बेला किसान ले ल्याएको एक बोरा मल मा रु १०० रकम उठाउँने गरिरहेको खबर प्राप्त भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले सीमा नाकामा समेत निगरानी बढाउन निर्देशन दिएपनी प्रहरी सहायक निरीक्षक झा र सिंहले सशस्त्र प्रहरीले खटेको बिषयमा तस्करलाइ जानकारी गराउदै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक गंगा पन्तको आदेशलाइ धज्जी उडाउने यस्ता गैर जिम्मेवार व्यक्ति हरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ र प्रहरी सहायक निरीक्षक झा र सिंह माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्डमा प्रहरी उपरीक्षक गंगा पन्त एवम प्रहरी निरीक्षक क्राईम ब्रान्च प्रमुख रविभुषण यादबलले पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक रोक्न सफल भए पनि यस्ता गैर जिम्मेवार इन्चार्ज हरु को कारण ले गर्दा पूरै पर्सा प्रहरी नै बदनाम हुँदै आएका छन/ धेरै सञ्चार माध्यम मा यो नाका को तस्करी को विषय घरी घरी आएपनि प्रहरी प्रमुख गंगा पन्त को नजर किन अपुग रहेको जनतामा प्रश्न उठ्न थालेको छ । साभारः मध्यबिन्दु अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय