हाम्रो जनकपुर / सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका वडा न–७, मा ट्रेक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सशस्त्र प्रहरीका एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा न–८,जगतपुर टोल घर भएका ३० वर्षिय दिलिप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कोरोना संक्रमितहरुलाई राखिएको आइसोलेसनको अवस्था बुझ्न भनि खटिएका चौधरीलाई सोमवार साँझ गडहीया गाउँबाट प्रदेश २–०३–००२ प ५२१० नम्वरको मोटरसाइकलमा बरहथवातर्फ आउने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रेक्टरले ठक्कर दिएर गम्भीर घाईते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल, मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए ।

मृतक स.प्र. हवल्दार चौधरीको कविलासी नगरपालिकाको अगर्वा स्थित सशस्त्र प्रहरीको १० नं. गणमा दरबन्दी भएपनि हाल उनी बोर्डर आउष्ट पोष्ट ९बीओपी० छतौनामा कार्यरत थिए । प्रहरीले दुर्घटनामा संलग्न ट्रेक्टर र त्यसका चालक बलरा नगरपालिका वडा न–९ बस्ने १६ वर्षिय किशोर रन्जन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको डिएसपी कुवँरले बताए ।मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टम गरि आफन्तलाई बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय