वीरगंज, भदौ ०८ गते सोमबार। नेपाल रेड्क्रस सोसाइटी रानीघाट उपशाखाको आयोजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका थिए । नेपाल रेड्क्रस सोसाइटी पर्साका उपमन्त्री साबिर अहम्मद एराज, उदयराज शर्मा, वडा न.११ का वडा अध्यक्ष प्रधुम्न सेढाई, उपशाखाका सचिब भरत शर्मा , कोषाध्यक्ष महम्मद मुस्तकिम हवारी, ब्लड बैंक बिरगंजका प्राबिधिक डिल्ली माया घिमिरे लगायतका सहभागिता रहेको थियो ।

कोरोना भाईरसको महामारीले गर्दा रक्तको अभाव भएको बेलामा उक्त कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद समेत दिएको थियो ।

संस्थाका कोषाध्यक्ष मुस्तकिम हवारी, सहयोगी युवा मुन्न हवारी, अब्दुल सलाम, इस्ररायल हवारी, समसुल हवारी, वकिल हवारी, पिन्टु हवारी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय