वीरगंज, १ ९ साउन / विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी नियण्त्रणको लागी जिल्ला प्रशासन कार्यालय पर्साद्वारा गरिएको लक डाउनको निर्णयलाई अवज्ञा गरि साउन १९ गते आइतबार अ.२२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२८ स्थित ना.४ च ८३९४ नं.को गाडीमा भारतबाट अबैध रुपमा भंसार छली चोरी पैठारी गरी ल्याउदै गरेको भैँसी ३ र सानो पाडा ३ गरी ६ वटा भैंसी अ.रु.११,८६,०००।–(एघार लाख छियासी हजार) मुल्य बराबरको भैसी र गाडी सहित चालक जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.३२ परसवा बस्ने बर्ष ३० को संजय राउत, सोही गाडीमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२८ बगही बस्ने बर्ष ४२ को संजय गिरी, जिल्ला पर्सा औराहा गा.बि.स. वडा नं. ८ सिसई बहुअरी बस्ने बर्ष ३२ को जंग बहादुर राउत, ऐ.ऐ. बस्ने बर्ष ३५ को बिर प्रसाद यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय