१६ साउन, जनकपुरधाम ।

प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको हो ।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय